Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छोराले पाउने पैसाको लोभमा बुहारीको हत्या गर्ने ससुरा सार्वजनिक

हेटौंडा। पैसाको विवाद र यौन दुव्र्यवहारको घटना लुकाउन सुस्मिता क्षेत्री थापाको हत्या उनकै परिवारबाट भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले पैसाकै लागि परिवारकै सदस्यहरुको संलग्नतामा सुस्मिताको हत्या भएको बताए ।

पैसाको विवाद र यौन दुव्र्यवहारको घटना लुकाउन हत्या भएको उनले वताए । प्रहरीले सुस्मिता हत्यामा संलग्न रहेका एकाघरका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई सार्वजनिक गरेको हो ।

२ असारमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी सुस्मिताको हत्यामा ससुरा, सासु, नन्द र जेठी नन्दको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

२३ असोज २०७६ मा कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा सुस्मिताका पति रुपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो ।

एसपी राठौरका अनुसार सुस्मिताका पति रुपेन्द्रको मृत्युपछि उनले पाउने रकमबारे परिवारभित्र विवाद भइरहेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार मृतककी पतिको निधनपश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो ।

बिमाको रकम दश लाख ६३ हजार नौ सय चौध रुपैयाँ समेत भने ससुराले झिकिसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077