Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६५ लाख अवैध रुपैयाँसहित कालिमाटीबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । लकडाउनका बेला अवैध रुपैयाँसहित कालिमाटीबाट भारतीय नागरिक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा र कालिमाटी बृत्तको टोलीले भारत घर भई हाल कुलेश्वर वस्ने वर्ष २५ को रवि शंकर सिंहलाई स्रोत नखुलेको ६३ लाख अबैध रुपैयाँसहित कालिमाटीकाट पक्राउ गरेको हो ।

सिंहसँगै  वारा घर भई हाल कुलेश्वर वस्ने वर्ष ४७ को रमेश सिंहलाई पनि प्रहरीले २ लाख ८ हजार रकमसहित पक्राउ गरेको छ।

स्रोतका अनुसार कालिमाटीका फलफूल व्यापारी सिंहले उक्त रकम हुण्डी गर्नका लागि ठिक पारेका थिए ।

सिंहलाई कालिमाटी बृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077