Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सोमबार थपिएका ४७६ संक्रमित कुन जिल्लामा कति ?

    सोमबार थपिएका ४७६ संक्रमित कुन जिल्लामा कति ?

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.8K
    SHARES

    तस्विर स्वास्थ्य मन्त्रालयकाे फेसबुकबाट

    काठमाडौं । नेपालमा सोमबार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११२ महिला र ३६४ पुरुष गरी ४७६जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एकजना महिला, जगेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका १० महिला र ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुुषाका ६ जना पुरुष र महोत्तरीका ४ जना पुरुष, नारायणी अस्पताल विरगंजमा गरिएको परीक्षणमा पर्साका एक पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा टेकुमा बाग्लङुका एक महिला र १३ जना पुरुष, अर्घाखाँचीका ३ जना महिला र २४ जना पुरुषा, भक्तपुरका एकजना पुरुषा, धनकुटाका एकजना पुरुष, गोरखाका ५ जना पुरुष, गुल्मीका ५ महिला र १५ जना पुरुष र खोटाङका एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    सोही प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका एकजना महिला र १२ जना पुरुष, पर्वतका एकजना महिला र १२ जना पुरुष, प्युठानका एकजना महिला र ४ जना पुरुष, रौतहटका एकजना महिला र १५ जना पुरुष, रोल्पाका एकजना पुरुष, रुपन्देहीका ३ जना पुरुष, स्याङ्जाका एकजना महिला र ७ जना पुरुष, तनहुँका ५ महिला र ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका एकजना महिला र एकजना पुरुष, काठमाडौंका २ जना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ११ जना पुरुष, चितवनका २ महिला र२ जना पुरुष, कैलालीका एकजना पुरुष, र पाल्पाका १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ३ जना पुरुष, मकवानपुरका एकजना पुरुष र रौतटहका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका एकजना पुरुष, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना पुरुष, रौतहटका एकजना पुरुष र ललितपुरका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
    यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना पुरुष र बाजुराका २० जना महिला र ४६जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका २ जना पुरुष, रुपन्देहीका २ जना पुरुष, प्युुठानका एकजना महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका २ जना पुरुष र कालिकोटका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २२ महिला र ३६जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका ८ जना महिला र २४ पुरुष, रुकुम पश्चिमका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ८ महिला र २१ पुरुष रडोटीका १७ जना महिला र ५२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार