Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • २ बालबालिकाले सरकारलाई सलह बिक्रि गरे

    २ बालबालिकाले सरकारलाई सलह बिक्रि गरे

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.5K
    SHARES

    रुपन्देही । बुटवल लक्ष्मीनगरका अच्युत न्यौपानेले ५ किलो र सविना थारुले साढे ३ किलो सलह सरकारलाई विक्रि गरेका छन् ।

    गत शनिबार सलह नेपाल प्रवेश गरेपछि प्रदेश ५ सरकारले गरेको निर्णय अनुसार उनीहरु आइतबार सलह बोकेर बुटवल उपहानगरपालिका वडा नम्बर ४ को कार्यालयमा पुगेका हुन ।



    प्रदेश ५ सरकारले सलह प्रति किलो २० रुपैयाँका दरले किन्ने निर्णय गरेको थियो । पानी परेपछि भुइँभरि भएको सलह जम्मा गरेर ल्याएका अच्युत र सविनाको सलह किनिदिनु भनेर सिफारिस बनाएर उपमहानगरपालिकाको कार्यालयमा पठाएको बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुली जानकारी दिए ।



    वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएको उपमहानगरका वरिष्ठ अधिकृत तथा आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार