Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या फेरी बढ्न थाल्यो

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या फेरी बढ्न थाल्यो

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित बढेका छन् ।

    सोमबार एकैदिन यस प्रदेशमा २८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि आइतबार पाँच जनामा मात्रै सङ्क्रमण देखिएको थियो ।



    गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७७ जनाको नमूना परीक्षण गर्दा २८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत तीन र एन्टिजेनमार्फत २५ जनामा पुष्टि भएको हो ।



    पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र एन्टिजेनमार्फत बैतडीका १२, कैलालीका नौ र कञ्चनपुरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार