Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) का १८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार ५२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ८४० पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १६ हजार ८९३ पुगेको छ ।



    भारतमा अहिले दुई लाख १५ हजार १२५ संक्रमित निको निको हुन बाँकी छन् भने तीन लाख ३४ हजार ८२२ संक्रमित निको भइसकेका छन् । मंगलबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले दिएको जानकारी अनुसार २९ सोमबारम्ममा भारतमा कोभिड-१९ का ८६ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको छ । सोमबार एकैदिन दुई लाखभन्दा धेरै परीक्षण गरिएको बताइएको छ ।



    स्रोत : बीबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार