Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० करोड ७७ लाख अवैध आम्दानी गर्ने खानेपानीका इन्जिनियरविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

इन्जिनियर शाक्यले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध सम्पति आर्जन गरेको अख्तियारको आरोप छ ।

२०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा प्रवेश गरेका उनले २०७६ फागुन मसान्तसम्म १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ आम्दानी गरेको अख्तियारले जनाएको छ ।

यस अवधिमा उनको वैध आम्दानी १ करोड ६१ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

शाक्यविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा १६ को उपदफा (२) बमोजिमसमेतको सजाय गरी गैरकानूनी आर्जन गरेको १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ विगो असुल गर्न अख्तियारले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077