Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले व्यूताउँन निर्वाचन आयोगमा निवेदन, नेकपामा गम्भीर छलफल

काठमाडौं । निर्वाचन आयोगमा 'नेकपा एमाले' नामको पार्टी दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा यसबारे छलफल सुरु भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भापाकी सन्ध्या तिवारी भन्ने व्यक्तिले नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन दिएकी हुन् ।

नेकपाको स्थायी कमिटि बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले एमाले दर्ताको विषयमा प्रश्न उठाएका थिए ।

तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले मिलेर २०७५ साल जेठ ३ गते नेकपा बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077