Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मरणासन्न हुने गरि वडाध्यक्ष कुटेको जिम्मा 'विप्लव' समुहले लियो

दाङ । शान्तिनगर गाउँपालिका २ दाङका वडा अध्यक्ष फर्साराम डाँगीमाथि भएको आक्रमणको जिम्मा नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले लिएको छ ।

नेकपाका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले आक्रमणको जिम्मा लिएका हुन्। वडा अध्यक्ष डाँगीलाई विभिन्न सातवटा आरोप लगाउँदै जनताको मागअनुसार पहिलो चरणको सामाजिक कारवाही गरिएको सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विभिन्न व्यक्तिलाई कुटपीट गरेको, गुण्डागर्दी गरेर समाजमा सामाजिक विकृति फैलाएको, जुवातास खेल्ने खेलाउने गरेको, आस्थाका आधारमा जनतालाई सेवा दिएको, भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

मंगलबार बिहान साढे ११ बजे वडाध्यक्ष डाँगीमाथि कार्यकक्षमै ५ ७ जनाको समूहले रड र लाठी प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। उनको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो। तर थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको गाउँपालिकका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077