Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘बालुवाटारमा तमासा छ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई तमासाको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा थापाले ‪‘बालुवाटारमा तमासा छ’ भन्दै एक स्टाटस लेखेका छन् ।

सांसद थापाले भनेका छन्–‘‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन्।तर, न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬

‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ : अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।‬’

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा शिर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077