Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘बालुवाटारमा तमासा छ’

    ‘बालुवाटारमा तमासा छ’

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई तमासाको संज्ञा दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा थापाले ‪‘बालुवाटारमा तमासा छ’ भन्दै एक स्टाटस लेखेका छन् ।



    सांसद थापाले भनेका छन्–‘‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन्।तर, न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬



    ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ : अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।‬’

    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा शिर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार