Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बुधबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    बुधबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरूमध्ये ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६५६ जना डिस्चार्ज भएका छन् ।



    मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०/२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११ ११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।



    यस्तै, स्याङ्जा र गुल्मीका ८र८ जना, कास्की, गोरखा, बाग्लुङका ३/३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २र२ मा संक्रमण पुष्टि भएको छ ।

    ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एक/एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले बताए ।

    यता काठमाडौं उपत्कायकामा भने काठमाडाैंका ५ महिला र ५ पुरुष, ललितपुरका ३ महिला र २ पुरुष तथा भक्तपुरका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार