Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हङकङमा प्रदर्शनकारीहरू पक्राउ

एजेन्सी । चीनले लागु गरेको नयाँ सुरक्षा कानून अन्तर्गत हङकङ प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गर्न थालेको छ। ‘प्रदर्शन–विरोधी’ कानूनलाई आधार बनाएर हङकङ प्रहरीले बेलायती उपनिवेशन अन्त्य भएको २३ औँ वर्षगाँठ मनाउनका लागि भेला भएकाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये १० जनालाई कानून उल्लंघन गरेको आरोप लगाइएको छ । त्यसमध्ये एकजना स्वतन्त्रता पक्षधरको झण्डासहितका व्यक्ति रहेका छन् । अरु झण्डै ३६० जनालाई ¥यालीकै क्रममा नियन्त्रणमा लिएको हो । तर प्रजातन्त्र पक्षधरहरुले चीनले लागु गरेको नयाँ कानूनले हङकङको स्वतन्त्रता तथा स्वायत्ततता गुम्ने बताउँदै आएका छन् । उनीहरुले सो कानून घोषणा भएदेखि नै विरोध गर्दै आएका छन् ।

चीनले विखण्डन तथा आतंकवाद नियन्त्रणका लागि भन्दै नयाँ सुरक्षा कानून हङकङमा बुधबार लागु गरेको हो । मंगलबार पारित भएको सो कानून बुधबार बेलायतले चीनलाई हस्तान्तरण गरेको दिन पारेर लागु भएको हो । सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077