Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद बैठक: अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा बाेलाएकाे मन्त्रिपरिषद् बैठक सकिएकाे छ । बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णयपछि आजै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गर्नेछिन् ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा छलफल भएको थियो।

झन्डै १ घन्टा राष्ट्रपतिसँग छलफल गरेपछि प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077