Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ओली-दाहाललाई वार्ताका लागि समय दिँदै नेकपा स्थायी समिति बैठक स्थगित

    ओली-दाहाललाई वार्ताका लागि समय दिँदै नेकपा स्थायी समिति बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।

    पार्टीभित्र उत्कर्षमा पुगेको विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो ।



    कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीबिनै बसेको स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउने निष्कर्ष निकालेको छ । त्यसका लागि शुक्रबार दिनभर ओली र दाहालबीच छलफल गरेर सहमति जुटाउने जिम्मेवारी बैठकले दिएको छ।



    ओलीको अनुपस्थितिमा बसेको बैठकमा दाहालले पछिल्लो विकसित घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे राय मागेका थिए । त्यसपछि बैठकले दुई अध्यक्षलाई सहमति जुटाउन एक दिनको समय प्रदान गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार