Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेकपा सचिवालय बैठक जारी

    नेकपा सचिवालय बैठक जारी

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 3K
    SHARES

    काठमाडाैँ । शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

    यसअघि गत कात्तिक २८ गतेको सचिवालय बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टीको बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद झन् बढेको थियो ।



    यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आफ्नो तर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक शुरु भएको हो ।



    बैठकमा प्रधानमन्त्री ओलीसहित सबै नेताहरु सहभागी हुनुहुन्छ । गत भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन गरेर अघि बढ्नुपर्नेमा सबै नेताहरुको जोड रहे पनि सरकार र पार्टीबीचको दूरी बढेपछि विवाद बल्झिएको हो । उक्त स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षसहित बाँकी कार्यकालका लागि सरकारको नेतृत्व र दाहाललाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी स्पष्ट गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार