Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेकपा विबाद : प्रचण्डले बोलाएको बैठक बादलद्धारा बहिष्कार

    नेकपा विबाद : प्रचण्डले बोलाएको बैठक बादलद्धारा बहिष्कार

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सचिवालय बैठकमा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अस्वीकार गरेका छन्।

    गृहमन्त्री बादलले बैठक बहिष्कार गरेको स्रोतको भनाइ छ ।



    प्रचण्डले आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा दाहालले सचिवालय सदस्यहरुलाई बोलाएका थिए ।



    उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर कोही पनि सदस्य सहभागी नहुने जनाइसकेका छन् ।

    हिजो  अध्यक्ष एवम् प्रधानम केपी शर्मा ओलीसँगको सम्वाद सकारात्मक हुन नसकेपछि अध्यक्ष प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए ।

    हिजोको छलफलमा अध्यक्ष प्रचण्डले बैठक बोलाएरै सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए भने ओलीले दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा कायमै राखेका थिए ।

    हिजो विहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक हुँदै गर्दा पेरिसडाँडामा भने अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरूलाई राखेर कानुनविद्हरूसँग परामर्श गरिरहेको तथ्य सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार