Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालुवाटार छिर्दिन भन्ने प्रचण्ड फेरि किन गए ओलीलाई भेट्न ?

    बालुवाटार छिर्दिन भन्ने प्रचण्ड फेरि किन गए ओलीलाई भेट्न ?

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूलाई भेटेपछि सचिवालय बैठक डाकेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीलाई भेट्न बालुवाटर पुगेका छन् ।

    धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि प्रचण्ड प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।



    पार्टी सचिवालय बैठक धुम्बाराहीमा अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।



    प्रचण्डले सोमबार पार्टी महासचिव विष्णु पौडेलले पनि भेटेका थिए ।

    यसअघि कार्तिक २० गते विहिबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई भेट्न बालुवाटर पुगेका प्रचण्डले कुरो नमिलेपछि ‘बालुवाटार धाउनुको औचित्य नभएको भन्दै अब वार्ताकै लागि भनेर बलुवाटार नआउने’ बताएका थिए ।

    तर, आज विहान ओली निकट नेताहरुलाई भेटेपछि भने ओलीसँग वार्ता गर्न प्रचण्ड बालुवाटर गएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार