Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

अवैध मल बोकेको ट्याक्टरसहित ५ जना पक्राउ

लहान । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्याक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९ वर्षीय अनिल चौधरी, त्रियुगा–१४ निवासी २६ वर्षीय मनोज राई र खोटाङको दिछु गाउँपालिका–३ निवासी जीवनज्योति राई रहेको प्रहरीले जनाएको छ ।

भारतबाट ना ६ त १९०५ नम्बरको ट्याक्टरमा मल लोड गरी लहानतर्फ ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका–४ खरवौना चौकबाट मल बोकेको ट्याक्टरसहित पाँचै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।

पक्राउ परेको ट्याक्टरबाट ३२ बोरा युरिया मल, दुई बोरा चिनी, नौ बोरा चिउरा र दुई बोरा सुर्ती बरामद् भएको प्रहरी नायब उपरीक्षक थापाले बताए । आवश्यक कारवाहीका लागि ट्याक्टर, अवैध समान र पाँचै जनालाई ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077