Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • स्थायी कमिटी बैठक फेरि स्थगित, ओली र प्रचण्डबीच थप द्वन्द बढ्ने संकेत

    स्थायी कमिटी बैठक फेरि स्थगित, ओली र प्रचण्डबीच थप द्वन्द बढ्ने संकेत

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बढ्दो बिबादक कारण नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

    शनिबार बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बैठक असार २२ गते बस्ने भएको छ ।



    पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्याएपछि विवाद झनै बढेको छ । प्रचण्ड–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् । अध्यक्ष प्रचण्डले एक पद छाड्न प्रधानमन्त्री ओलीलाई दबाब दिँदै आएका छन्।

    ओलीले आफूले कुनैपनि पद नछोड्ने अडान राख्दै आएका छन् । ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले  दुवै पद छोड्न ओलीलाई आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार