Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले स्थायी कमिटि बैठक बस्दै, यस्ता छन् एजेण्डा

    एमाले स्थायी कमिटि बैठक बस्दै, यस्ता छन् एजेण्डा

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बैठक बिहीबार अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्नेछ।

    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ। एमालेले कात्तिक ६ गते वडाहरूमा अधिवेशन सम्पन्न गरेको थियो भने कात्तिक ९ गते पालिकाहरुमा एकसाथ अधिवेशन सुरु गरेको छ।



    वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको छ। तामाङका अनुसार राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकाका सन्दर्भमा छलफल हुने छ।



    १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने बताइएको । एमालको केन्द्रीय महाधिवेशन मंसिर ११ र १२ गते चितवनमा हुने तय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार