काठमाडौं । सामूहिक बलात्कारको आरोपमा प्रहरीले गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्टलाई पक्राउ गरेको छ ।
पीडित महिलाले खबर गरेलगत्तै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीले जानकारी दिए ।
सँगै बसेर मदिरा सेवन गरेको भएपनि पछि नसालु पदार्थ दिएर दुई जनाले आफूलाई करणी गरेको पीडित महिलाले आरोप लगाएकी छिन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।