Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भ्रष्टाचारको आराेपमा नेपाल बैंकका शाखा प्रबन्धकविरुद्ध मुद्दा दायर

    भ्रष्टाचारको आराेपमा नेपाल बैंकका शाखा प्रबन्धकविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा आईतबार तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आइडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी ५४ लाख ८४ हजार ४५ रुपैयाँ बराबरको रकम दुरुपयोग गरेको पाइएको छ ।



    बैंकिङ कार्यालयको हिसाब अनधिकृतरुपमा खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आयोगले आरोपी कोइरालाले हानिनोक्सानी पु¥याएको रकम असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।



    यस्तै आयोगले कम्बल खरिदमा भ्रष्टाचार गरेको अभियोगमा राजदेवी नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    गौरस्थित गिरधारीकुमार अग्रवालको पसलबाट रु ४०० प्रतिथान मूल्यपर्ने कम्बललाई रु एक हजार २०० प्रतिथानमा खरिद गरी हिनामिना गरेको पाइएको छ । सो नगरपालिकाले ४०८ थान कम्बल खरिद गरेको थियो । आयोगले गरेको अध्ययनअनुसार कम्बल खरिदमा एक लाख १५ हजार ७८२ रूपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

    आयोगले तत्कालीन निमित्त कार्यलय प्रमुख प्रमोदकुमार वर्मा, तत्कालीन लेखापाल वैद्यनाथ झा, लेखापाल रेणु यादव, कम्बल बिक्रेता गिरधारीकुमार अग्रवाल, वडा नं २ का अध्यक्ष सनुप महतोविरुद्ध समान रु एक लाख १५ हजार ८७२ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीहरुविरुद्ध बिगो असुल गरी कारवाहीको मााग गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार