Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • हेड्स नेपाल मकाउ शाखाको अध्यक्षमा प्रेमकुमार बिश्वकर्मा

    हेड्स नेपाल मकाउ शाखाको अध्यक्षमा प्रेमकुमार बिश्वकर्मा

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 3.2K
    SHARES

    मकाउ । ‘दिलो ज्यानले मानब समुदायको सेवा गरौ’ भन्ने मुल नाराका साथ स्थापना गरिएको संस्था हेड्स नेपाल मकाउ शाखाको प्रथम अनधिवेशन सम्पन्न भएको छ ।

    विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासका साथै गाँस, बास र कपास जस्ता मानिसको मौलिक र नैसर्गिक अधिकारको प्राप्त गर्नका लागि प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थापित संस्था हेड्स नेपाल मकाउ शाखाले आफ्नो दुई बर्षिय कार्यकाल पूर्णरुपमा सफल बनाई संस्थाको प्रथम अधिबेशन समेत सम्पन्न गरेको हो ।



    अधिबेशनले आगामी कार्यकालका लागि प्रेमकुमार बिश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत रुपमा मनोनित गरेको छ ।



    सात सदस्सिय कार्यसमितिको उपाध्यक्षमा चुत्रबहादुर पौडेल (ज्याक),
    महासचिबमा सुरेशसिंह सुनार, सचिवमा मोहनसिंह पन्त र कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ छानिएका छन् ।

    त्यसैगरी महिला सदस्यमा सरिता लिम्बु र युवा संयोजकमा नगेन्द्र बेलबासे छानिएको अध्यक्ष विश्वकर्माले जानकारी गराएका छन् ।

    नयाँ कार्यसमिती गठन गरेसँगै संस्थाको बिशिष्ट सल्लाहकारमा सुदर्शन थापा मगरलाई मनोनित गरिएको छ, भने प्रमुख सल्लाहकारमा ज्ञानेन्द्र कुमार श्रेष्ठ र प्रजुन कुमार अधिकारीलाई मनोनित गरिएको छ।

    कार्यक्रममा हेड्स नेपाल मकाउ शाखाका निवर्तमान अध्यक्ष साथै अधिवेशनका सभाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य साथै आफ्ना कार्यकालमा भएका काम र त्यसले समाजमा पारेको प्रभावका बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रममा गैर आवासिय नेपाली संघ मकाउका मानार्थ सदस्य, जनसम्पर्क समिती मकाउका पूर्व सभापती एबम् समाजसेवी सुदर्शन थापा मगर, हेड्स नेपाल मकाउ शाखाका संयोजक प्रजुनकुमार अधिकारी, निवर्तमान अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठलगायत अन्य सम्पुर्ण संघ/सस्थाको पदाधिकारीहरुले बधाई ज्ञापन साथै कार्य सफलताको शुभकामना व्यत्तल गरेका थिए

    कार्यक्रममा अध्यक्ष बिश्वकर्माले मकाउमा रहेका नेपाली समाजमा परोपकारको भावना राखी सेवा र सहयोग प्रदान गर्नुका साथै नेपालमा र मकाउमा अन्य सामाजिक सेवासँग सम्बन्धित रहेका संघ संस्थाहरुसंगको सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बताए ।

    मकाउमा सम्पन्न प्रथम अधिबेशनमा गैर मकाउस्थिति आबासिय नेपाली संघ, प्रबासी नेपाली एकता मञ्च, जनसम्पर्क समिती, र गुरुङ तमु समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    त्यसैगरी कार्यक्रममा मकाउस्थित शेर्पा समाज, तामाङ घेदुङ समाज, हेल्पिङ्ग ह्याण्ड, मकाउ प्रिजेन्ट, अर्न्तराष्ट्रिय महिला संघ, मकाउ बडिविल्डिङ एण्ड फिटनेश एशोसिएसन र मकाउ ओभरसिज एण्ड वर्कर एशोसिएसका प्रतिनिधि तथा मकाउमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार