Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेकपा बिबाद

    स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित, नयाँ रणनीति बनाउँदै ओली

    स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित, नयाँ रणनीति बनाउँदै ओली

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित भएको छ।  बैठक २४ गते बुधबार ११ बजेसम्म स्थगित भएको नेकपाले जनाएको छ ।

    नेकपाभित्र चर्कँदै गएको आन्तरिक बिबाद गम्भीर मोमा पुगेपछि आज दुबै अध्यक्षबीच छलफल हुने वताइएको छ।   अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल समुह अहिले एकले अर्कोलाई खुइल्याउने अभियानमै केन्द्रित छन्। स्थायी समितिको बैठक स्थगित गरेर प्रधानमन्त्री ओलीले नयाँ रणनीति बनाउन लागकेको स्रोतको भनाइ छ।



    प्रधानमन्त्री एवम् अध्यक्ष ओली बिहीबार संसद अधिवशेन अन्त्य गर्ने तहसम्म पुगेपछि शुक्रबार एक दिन गृहकार्य गरेर शनिबार बैठक तय गरिएको थियो। शनिबार पनि थप छलफल गर्ने भन्दै स्थगित गरिएको बैठक फेरि स्थगित भएको हो।



    पछिल्लो वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बसे भने प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए। छलफलमा दुवै अध्यक्ष आफ्नो अडानमा बसेपछि कुरा मिल्न नसक्दा फेरि सोमबार छलफल गरेर अगाडि बढ्ने सहमति भएको थियो।

    यता पार्टी विवाद केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने र एकता प्रक्रिया टुट्न नदिन केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने भन्दै नेकपाका युवा नेताहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार