Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गगनले ओली र प्रचण्डलाई भने, ‘प्रवृत्ति फेर, धन्दा छोड’

    गगनले ओली र प्रचण्डलाई भने, ‘प्रवृत्ति फेर, धन्दा छोड’

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका  सांसद गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको विवादमा नेपाली कांग्रेसलाई देखाएर एक अर्कालाई तर्साउन बन्द गर्न आग्रह गरेका छन् ।

    सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्–‘जनताले पाँच बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन् । यसमा हामी स्पष्ट छौं’,‘कांग्रेससँगको सामिप्यता देखाएर नेकपाभित्रको गुटको विवादमा एक–अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन हो । प्रवृत्ति फेर, धन्दा छोड ।’



    नेकपाको विवाद उत्कर्षमा पुगेको र पार्टी नै फृटको दिशातिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग सत्ता साझेदारी गर्न लागेको हल्ला चलेपछि गगन थापाले यस्तो लेखेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका दुवै पक्षले आफूसँग सहयोग मागेको खुलासा गरेका छन् ।



    नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश कांग्रेस सभापति देउवासम्म पुर्‍याएको विषयले चर्चा पाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार