Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुन–चाँदीका गरगहना र नगद चोरीको आरोपमा ३ जना पक्राउ

    सुन–चाँदीका गरगहना र नगद चोरीको आरोपमा ३ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले चोरी आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यकाभित्र भएका विभिन्न सुन–चाँदी पसलहरुको सटर फोरेर सुन तथा चाँदीका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–२ घर भएका ३७ वर्षीय सुमित भन्ने गंगा बहादुर तामाङ, उदयपुर रामपुर गाउँपालिका–३ घर भएका ४९ बर्षीय बिक्रम भन्ने जङ्ग बहादुर माझी र महोत्तरी बर्दिबास नगरपालिका–४ घर भएका ४५ वर्षीय बुद्ध बहादुर माझी रहेका छन् ।



    २०७६ फागुन १८ गते राति काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठको पबि ज्वेलर्समा रहेका १ किलो १ सय ५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्राम बराबरको चाँदीका गहना र नगद समेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

    उक्त घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मोरङ उर्लाबारीबाट गंगा बहादुर र बुद्ध बहादुरलाई तथा काठमाडौं दरबारमार्गबाट जङ्गबहादुरलाई पक्राउ गरेको हो ।

    विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्र भएका बिभिन्न सुन–चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने व्यक्तिहरुको खोजी गर्ने क्रममा कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाई साईकल लिई बिभिन्न सुन–चाँदी पसलहरुको हप्ता दिनसम्म रेकि गरी रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुन–चाँदी पसलको सटर फोडी चोरी गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

    चोरीपछि उनीहरुले पसलभित्र रहेको सीसीटीभीको डीभीआर समेत प्रतिबादीहरुले बोकी लगेको, दुईवटा समूहले जेलमा बस्दा चिनजानको आधारमा छुटे पश्चात पुनः भेला जम्मा भई जेल छुट भएको एक महिना नबित्दै नाईकेहरुले आफ्नो म्यादीहरुलाई बोलाई अब अन्तिम पटक ठुलो काम गर्ने भन्दै सुन चोरेको खुलेको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न रहेका अभियुक्तहरुमध्ये एकजना २०७६ चैत ९ गते चोरी कार्यमा पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरुको खोजी कार्य भईरहेको उक्त महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार