Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाल सुधारगृहमा पठाउने जिल्ला अदालतको आदेश सर्वाेच्चद्वारा सदर

    बाल सुधारगृहमा पठाउने जिल्ला अदालतको आदेश सर्वाेच्चद्वारा सदर

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले रुकुम पश्चिमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याकाण्डमा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

    न्यायाधीशहरु अनिल सिन्हा र हरि फुँयालको इजलासले उमेर नपुगेका दुई व्यक्तिलाई बाल सुधार गृहमा पठाउने आदेशलाई सदर गर्दै बन्दी प्रत्यक्षीकरणका दुई निवेदन खारेज गरेको हो । प्रहरीले उनीहरुलाई पक्राउ गरी गलत रुपमा अभियोजन गरेको दावीसहित सर्वोच्च अदालतमा निवेदन परेको थियो ।



    आरोपपत्र दर्ता नहुँदै सर्वोच्चमा दर्ता भएको निवेदनमा उनीहरुमाथि पक्राउदेखि अभियोजनसम्मका प्रक्रियाको कानुनी बैधतामा प्रश्न उठाइएको थियो । अधिवक्ता लक्ष्मी थापा र क्राउन नेपाल नामक संस्थाको तर्फबाट अधिवक्ता कमल कोइरालाले तीन दिनको फरकमा सर्वोच्चमा छट्टाछुट्टै निवेदन दर्ता गरेका थिए ।



    सर्वोच्चमा छलफलका क्रममा उनीहरुले जिल्ला अदालतले पनि गैरकानुनी आदेश गरेको दावी गरेका थिए । ती दुई जनालाई पक्राउ गर्ने र बाल सुधार गृहमा पठाउने काम गैरकानुनी भएको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार