Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बिरामीको मृत्यु भन्दै अस्पताल तोडफोड, मृत्यु भइसकेका बिरामी भने सकुशल डिस्चार्ज भए

    बिरामीको मृत्यु भन्दै अस्पताल तोडफोड, मृत्यु भइसकेका बिरामी भने सकुशल डिस्चार्ज भए

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 5.1K
    SHARES

    चितवन। गत जेठ २९ गते चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीको मृत्यु भएको भन्दै एक समूहले अस्पतालमा तोडफोड गर्‍यो । दिउँसो ३ बजेको समयमा उपचारकै क्रममा रहेका बिरामीको मृत्यु भएको हल्ला फैलाएर अस्पतालमा तोडफोड हुँदा अस्पताल केहीबेर अशान्त बन्यो ।

    अस्पतालले तत्कालै विज्ञप्ती जारी गर्दै बिरामीको मृत्यु नभएको र उपचारकै क्रममा रहेको उल्लेख गरेको थियो । अन्ततः ती उपचाररत बिरामी भरतपुर महानगरपालिका वडा नं.२२ का १८ वर्षीय आशिष विकपूर्णरुपमा निको भएर मंगलबार डिस्चार्ज भए ।



    अस्पतालमा उपचारका क्रमममा मृत्यु भयो भनेर आफन्तले अस्पताल तोडफोड गरेका बिरामी आज डिस्चार्ज भएर घर फर्किएका हुन् ।  चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरि ती व्यक्तिको मृत्यु भएको भनि आफन्तले कलेज तोडफोड गरेका थिए ।



    विक निको भएपछि आज अस्पतालबाट घर फर्किएका छन्। एपेन्डिसको शल्यक्रिया गरेका बिकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसंगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको शघन उपचार कक्षको झ्यालका शिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    उपचारपछि डिस्चार्ज हुने क्रममा बिकले आँफुले नयाँ जीवन पाएको बताए । उनले भने, ‘मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कदै छु ।’

    अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदार विकले अस्पताललाई धन्यवाद दिएका छन् । अस्पताल तोडफोडका बिषयमा परिवार संलग्न नभएको केदार विकले वताए । आँफुले नवोलाए पनि मृत्यु भएको भनिए पछि स्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनको भनाइ छ।

    उनलाई रगत नरोकिने (डिआईसी)भन्ने रोगको उपचार गरिएको थियो । रगतमा संक्रमण समेत भएकाले बचाउन निकै कठिन भएको कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले वताए । यो रोगको संक्रमण भएका बिरामीहरु विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको डा.न्यौपानेले थप वताए ।

    अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै  अनाबश्यक मानिसहरु भिड भएर तोडफोड र गालिगलौजमा उत्रिदा काम गर्नेहरुको मनोवल उच्च वनाउन कठिन हुने डा.न्यौपाने वताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार