Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

    चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.3K
    SHARES

    चितवन । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ ।

    तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी ३ वर्षीय सुलभलाई भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।



    चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएकी थिइन् । गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य सस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याइएको थियो ।



    तत्काल चितवन मेडिकल कलेजमा शल्यक्रिया गरी उपचार अगाडि बढेकोले बालकको जीवन रक्षा भएको हो । बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएकोे छ । बालकको घाँटीमा गम्भीर चोट लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार