Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चितुवाको आक्रमणबाट सल्यानमा चार जना घाइते

    चितुवाको आक्रमणबाट सल्यानमा चार जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    सल्यान । चितुवाको आक्रमणबाट सल्यानमा चार जना घाइते भएका छन् ।

    घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका-३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा रहेका छन् ।



    छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई आक्रमण गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार चितुवाले ३ वटा कुखुरा पनि मारेको थियो ।

    त्यही हेर्न जानेक्रममा लुकेर बसेको बाघले मान्छेमाथि आक्रमण गरेको थियो । घाइतेहरुलाई सल्यान अस्पतालपछि थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार