Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पर्वतमा चितुवा मृत फेला

    पर्वतमा चितुवा मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1K
    SHARES

    पर्वत । पर्वतमा चितुवा मृत भेटिएको छ । मोदी गाउँपालिका–७ राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा चितुवा मृत फेला परेको हो ।

    स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् ।



    झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।



    वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार