Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चितुवाको आक्रमणबाट युवक घाइते

    चितुवाको आक्रमणबाट युवक घाइते

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 477
    SHARES

    फाइल तस्विर

    महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।

    मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन् ।



    कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका–८ खपटी खोला नजिकै हुलाकी सडकमा शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो ।



    आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ । उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार