Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

    चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ ।
    चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि हुन नसकेको जनाईएको छ ।

    कलेजका मुटु शल्य चिकित्सक डा.अनिल आचार्य नेतृत्वको टिमले ८ घण्टा लगाएर गत जेठ ६ गते एक किलोको बच्चाको अप्रेशन गरे ।



    अप्रेसन सफल भएपछि एक दिन अस्पतालमा राखेर जेठ ८ गते बच्चालाई पुनः भरतपुर अस्पतालमा पठाइएको आचार्यले बताए ।



    चिकित्सकका अनुसार बालिकाको मुटु र फोक्सोको बीचमा भएको नली बच्चा जन्मिएपछि बन्द हुनुपर्नेमा नभएर मुटु ठूलो हुने, फोक्सोमा पानी र संक्रमण पनि बढी भएको डा आचार्यले बताए ।अहिलेसम्म बच्चामा संक्रमण नदेखिएको र बच्चाको तौल पनि बढेर १२ सय ग्राम पुगेको आचार्यले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार