Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजको आईसीयू तोडफोड, १३ जना प्रहरी नियन्त्रणमा

    बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजको आईसीयू तोडफोड, १३ जना प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 837
    SHARES

    चितवन । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

    चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पताल आएका मृतकका आफन्त तथा स्थानीले मंगलबार दिउँसो अस्पतालमा तोडफोड गरेका हुन् ।



    भरतपुर महानगरपालिका-१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ सो अस्पतालमा निधन भएको थियो । हिजो बिहान ७ बजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए ।



    कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ ।

    मृतकका आफन्तहरुले कलेजले उपचारमा लापर्वाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन् ।

    अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार