Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

    चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 1.9K
    SHARES

    चितवन।  चितवन मेडिकल कलेजमा जटिल अवस्थामा रहेका बिरामीलाई सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

    बिहीबार बिहान कलेजले पत्रकार सम्मेलन गर्दै ‘सी’ चरणमा पुगेको कलेजोका बिरामीको सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिएको हो ।



    कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार जाजरकोटका ४७ वर्षिय भरतविक्रम शाहीको प्रत्यारोपण गरिएको हो । उनको असार १८ गते १५ घण्टा लगाएर कलेजेको प्रत्यारोपण गरिएको देवकोटाले जानकारी दिए । शाहीलाई उनकी श्रीमती ४८ वर्षिय कमलादेवी शाहीले कलेजो प्रदान गरेकी हुन्।



    सो अवसरमा सर्जन डा. सञ्जयकुमार यादवले श्रीमती शाहीको ६० प्रतिशत कलेजो उनको श्रीमानमा ट्रान्सप्लान्ट गरिएको जानकारी दिए । कलेजलो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उनलाई असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

    ‘भरतबिक्रमको स्वास्थ्य अवस्था राम्रो हुँदै गैरहेको छ,’ डा. यादवले भने ‘अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत डिस्चार्ज गर्न सकिने अवस्था छ ।’ उनले थपे, ‘२ देखि ३ महिनामा दुबै जनामा कलेजोको अवस्थामा बृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउँछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ।’

    यसअघि काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साता अघि मात्रै चितवन मेडिकल कलेज आएका थिए । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बी’ ‘सी’ स्टेज मध्ये शाही ‘सी’ चरणमा पुगेको भन्दै डा. यादवले भने, ‘गत फागुनमा ‘सी’ चरणमा पुग्नुभएका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने अवस्था थियो ।’ शाहीको पेटमा पानी भरिएको र ठूलो भएको भन्दै डा. यादवले भने, ‘अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बी’ पनि शाहीमा थियो ।’निकै चुनौतीपूर्ण हुने गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार