Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हेलचेक्य्राईं गर्दा ब्राजिलका राष्ट्रपतिलाई कोरोना

    हेलचेक्य्राईं गर्दा ब्राजिलका राष्ट्रपतिलाई कोरोना

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार गरिएको चौथो पटकको परीक्षणमा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ ।

    राष्ट्रपति बोलसोनारोले कोरोनालाई सामान्य फ्लु हल्का रुपमा लिँदै आएका थिए । त्यतिमात्र होइन उनले संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका छन् । उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दुरी र विना मास्कमा देखिएका थिए ।



    कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।



    हालसम्म ब्राजिलमा १६ लाख ७४ हजार ६ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाटै मृत्यु हुनेको संख्या ६६ हजार ८ सय ६८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार