Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

घरभाडा र बैंकको ब्याज मिनाहाका लागि आन्दोलनको घोषणा

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

पहिलो चरणको आन्दोलन अन्तर्गत आगामी शुक्रबार माइतीघर मण्डलामा तालाचावीसहित प्रदर्शन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । महासंघले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न माग राखेको छ ।

ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्षपछि सार्नु पर्ने, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गर्नु पर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077