Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यौन दुर्व्यवहारको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । वीरगन्जको विर्ता स्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा उपचारका क्रममा महिला बिरामीसँग दुर्व्यवहार (यौनजन्य) गरेको आरोपमा प्रहरीले ३ पुरुष स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एहसान हुसैन, सुल्तान मियाँ र सरफुदीन मिया रहेका छन्।

हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीले संचालन गरेको अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत उनीहरू कार्यरत हुन्।

अस्पतालको आइसियु कक्षमा भर्ना भएकी वीरगन्ज ३१ बेल्वा इस्लामपुरकी २१ वर्षीया महिलासँग उपचारका क्रममा हुसेन र मियाद्वयसहित चार जना स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको आरोप छ। हस्पिटलको आइसियु कक्षमा उपचारका क्रममा मङगलबार राति पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलासँग दुर्व्यवहार गरेको घटना बुधुबार बिहान मात्रै सार्वजनिक भएको हो।

मङगलबार बेलुका भर्ना भएकी महिलाको लुगा फेर्ने बहानामा चार जना पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलाको संवेदनशील अंग छुनुका साथै चलाएको आरोप पीडित महिलाका आफन्तको छ। बिरामी महिलालाई मङगलबार राती खाना खुवाउन जाँदा आफूहरुलाई आइसियु कक्षमा प्रवेश गर्न पनि नदिएको आफन्तले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077