Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्जिनियरविरुद्ध सवा दुई करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर डिभिजनल इन्जिनियर (सिडिई) जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडक विभाग अन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका इन्जिनियर शाक्य विरुद्ध २ करोड २५ लाख ४ हजार १० रुपैयाँ र ७८ पैसा भ्रष्टाचार गरेको आरोपमा आयोगले बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार इन्जिनियर शाक्यसमेतको मिलेमतोमा १०५ वटा नक्कली कोटेशन बनाई अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति उनले आफू लगायत श्रीमती मिथिला शाक्यको नाममा जग्गा खरिद गरेको, बैङ्क तथा वित्तीय संस्थाहरूमा जम्मा गरेको, दुई जना छोरीहरुलाई विदेश तथा स्वदेशमा पढाउन खर्च गरेको, शेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दति खाता खोली रकम जम्मा गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077