Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतीय मिडियाकाे रवैयाप्रति गगन थापाकाे आपत्ति

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारतीय सञ्चारमाध्यम रवैयाप्रति आपत्ति जनाएका छन्। उनले भारतीय सञ्चारमाध्यम प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर प्रसारित विषयवस्तुप्रति आपत्ति व्यक्त गरेका हुन् ।

उनले त्यस्ता मिडियालाई ‘गोदी मिडिया’ भनेका छन्। यसले हामी सबैको अपमान गरेको उनकाे भनाइ छ। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले शुरुमा नेकपा विवादमा चिनियाँ राजदुतको संलग्नतालाई अशोभनीय भनेका छन् । त्यसप्रति आपत्ती जनाएका छन् ।

थापाले गोदी मिडिया नेपालमा नहेर्न आग्रह गरे । उनले भने, ‘तिनको कार्यक्रममा भाग पनि नलिऊँ ।’

थापाको ट्वीटः नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा @PM_Nepal लाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077