Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतीय मिडियाकाे रवैयाप्रति गगन थापाकाे आपत्ति

    भारतीय मिडियाकाे रवैयाप्रति गगन थापाकाे आपत्ति

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारतीय सञ्चारमाध्यम रवैयाप्रति आपत्ति जनाएका छन्। उनले भारतीय सञ्चारमाध्यम प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर प्रसारित विषयवस्तुप्रति आपत्ति व्यक्त गरेका हुन् ।

    उनले त्यस्ता मिडियालाई ‘गोदी मिडिया’ भनेका छन्। यसले हामी सबैको अपमान गरेको उनकाे भनाइ छ। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले शुरुमा नेकपा विवादमा चिनियाँ राजदुतको संलग्नतालाई अशोभनीय भनेका छन् । त्यसप्रति आपत्ती जनाएका छन् ।



    थापाले गोदी मिडिया नेपालमा नहेर्न आग्रह गरे । उनले भने, ‘तिनको कार्यक्रममा भाग पनि नलिऊँ ।’



    थापाको ट्वीटः नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा @PM_Nepal लाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार