Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रकाश सपुतको 'नमस्कार' 'युट्युब ट्रेण्डिङ'मा (भिडियो सहित)

काठमाडौं । कलाकार प्रकाश सपुतको नयाँ गीत नमस्कार सार्वजनिक भएको छ ।

सार्वजनिक भएको २४ घण्टा नवित्दै सपुतको नयाँ गीत युट्युव ट्रेण्डिङमा प्रवेश गरेको छ ।

सपुतकै शब्द, भाका तथा स्वर रहेको गीतको म्युजिक भिडियोलाई सपुतकै भाई देबेन्द्र बब्लुले निर्देृशन गरेका छन् । योगेश काजीको संगीत संगोजन रहेको गीतमा कलाकार सपुतकै अभिनय रहेको छ ।

साथमा अथीति कलाकारको रुपमा कविता नेपाली पनि रहेकी छिन् । कलाकार सपुतका यसअघि बोल माया, दोहोरी ब्याटल, गल्बन्दीलगायतका गीत लोकप्रिय छन् ।

त्यसो त ठूलो पर्दाको चलचित्र परदेशी २ को मुख्य कलाकारको रुपमा पनि सपुतले काम गरिरहेका छन् ।

https://www.youtube.com/watch?v=1RAx6TBWSTg

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077