Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतीय टेलिभिजनको प्रशारण रोक्ने एमएसओलाई सरकारले दियो साधुवाद

    भारतीय टेलिभिजनको प्रशारण रोक्ने एमएसओलाई सरकारले दियो साधुवाद

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 5.4K
    SHARES

    काठमाडौं । सरकारले भारतीय टेलिभिजनको प्रशारण रोकेकामा विदेशी च्यानल वितरण मल्टि सिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद दिएको छ ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्ने र गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार