Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालको बारेमा अनर्गल प्रचार गरेपछि भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय

    नेपालको बारेमा अनर्गल प्रचार गरेपछि भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेपछि नेपालमा  भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छ ।

    विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर(एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।



    बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको छ ।



    नेपालले लिम्पियाधुरा, कालापानी र लुपुलेकलाई समेतेर नयाँ नक्सा पारित गरेपछि भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गर्दै आएका छन्।

    प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको छ । नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका निकायहरुले भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार