Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

    विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सरकारले विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते (भोलि) देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका हुन् ।



    नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकोले उक्त दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गरेका हुन् ।



    २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ ।यससम्बन्धी मन्त्रालयले छुट्टै विज्ञप्ति समेत जारी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार