Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • क्लिन फिडले हुने शुल्क बृद्धि उपभोक्ताकाे थाप्लाेमा

    क्लिन फिडले हुने शुल्क बृद्धि उपभोक्ताकाे थाप्लाेमा

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 2.1K
    SHARES

    काठमाडाैं । टेलिभिजन वितरकहरुले क्लिन फिड पूर्ण रुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्न सक्ने बताएक हुन् ।

    नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा क्लिन फिड नीति लागू भएको एक साता पुगेको छ। तर कतिपय च्यानलहरुले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ ।



    क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।



    नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले क्लिन फिडका लागि टेलिभिजन प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताए। त्यसैले ग्राहकले तिर्नुपर्ने शुल्क पनि अहिलेभन्दा बढ्ने उनको भनाइ छ।

    कात्तिक ७ गतेपछि क्लिन फिड लागू भएको छ । तर आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानलहरु बन्द छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार