Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

३३ किलो सुन तस्करी प्रकरण: फरार हरिशरण खड्का पक्राउ

काठमाडौं । ३३ किलो सुन तस्करी गरेको आरोप लागेका फरार एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिशरण खड्का रहेका छन्। शनिबार दुबईबाट काठमाडौं आएका खड्कालाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलमा नियन्त्रणमा लिएको हो ।

इन्टरपोलको रेडक कर्नर नोटिसमा रहेका खड्कालाई नियन्त्रणमा लिइएको अध्यागमन विभागका एक अधिकृतले जानकारी दिए । ती अधिकृतका अुनसार पासपोर्ट नम्बर १००६६५९४ बाहक
खड्का चार्टर्ड फ्लाईटमा त्रिभुवन विमानस्थल उत्रिएपछि चेकजाँचकाे क्रममा पक्राउ परेका हुन्।

चुडामणी उप्रेती ‘गोरे’को समूहले दुवईबाट ०७४ माघमा ल्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोप लगेका खड्का फरार थिए । काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका खड्का लामो समयदेखि दुवईमा लुकेर बस्दै अाएका थिए।

०७४ माघमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन ‘गोरे’ को समूहले दुबईबाट ल्याएको अनुसन्धानबाट खुलेको थियो । सो सुन हराएपछि तस्करको समूहले दिएको यातनाबाट मोरङ उर्लाबारीको सनम शाक्यको निधन भएको थियो । ०७३ पुसमा गोपाल बहादुर शाहिको समूहले तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन तस्करीमा पनि हरीशरण संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077