Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चन्द्रगिरिबाट भालुको पित्तसहित २ जना पक्राउ

    चन्द्रगिरिबाट भालुको पित्तसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रगिरिबाट भालुको पित्तसहित दुईजना पक्राउ पगरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१ बरभञ्याङका २७ वर्षीय हरिबहादुर मोक्तान र वडा नम्बर २ डाँडाखर्क बस्ने २७ वर्षीय रामबहादुर लामा छन् ।



    संरक्षित वन्य जन्तु भालुको पित्तको अवैध रुपमा कारोबार भइरहेको सूचनाको आधारमा अपराध महाशाखाको टोलीले भालुको पित्त जस्तो देखिने ३५ ग्राम तौलको वस्तुसहित उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको हो ।



    थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार