Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सहसचिवसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टिकाराम ज्ञवालीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत ढंगले जग्गा पास गरिदिएको आरोपमा आयोगले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गलत कागजातका आधारमा हदबन्दीमा रोक्का रहेको जग्गा नक्कली जग्गाधनी खडा गरी विक्रीमा सघाएको आरोप उनीहरुमाथि छ । गलत निर्णयका कारण ३२ विगाहा जग्गा गलत व्यक्तिका नाममा दर्ता भएको अख्तियारको आरोप छ ।

अख्तियारले तत्कालिन प्रमुख मालपोत अधिकृत टिकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नासु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालिन गाविस सचिवहरु नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल, कम्प्युटर अपरेटर सुवास खड्का, खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार मगर, खगेन्द्र पराजुली र गेरमी गाविसका रविकुमार खत्रीविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुमाथि ५ करोड ५ लाख ४२ हजार रुपैयाँका दरले विगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077